१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित



काठमाण्डौ ।

नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेको छ ।

किर्गिस्तानको बिश्केकमा आज सोमवार भएको खेलमा नेपालले ताजिकिस्तानसँग ११–१ गोलको फराकिलो हार बेहोरेको हो । यो खेलमा नेपालले सुरुवाती अग्रता बनाए पनि फराकिलो हार बेहोरेको हो । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए पनि ताजिकिस्तानले १० गोल नै दोस्रो हाफमा गर्‍यो ।

यसअघि उज्वेकिस्तानसँगको पहिलो खेलमा नेपाल पाँच–एक गोल अन्तरले पराजित भएको थियो । आजको हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । अबि नेपालले अन्तिम खेलमा भोलि मङ्गलवरा अफगानिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८ सोमबार ००:००  २ : ५९ बजे