१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

आईपीएल क्रिकेटमा नवप्रवेशी गुजरातको पहिलो हार



एजेन्सी ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार बेहोरेको छ । गएराति भएको खेलमा गुजरात सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको हो ।

मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय पारी खेले ।

गुजरातका हार्दिक पाण्डेय र राशिद खानले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । उसका हार्दिक पाण्डेयले ५० रनको अविजित अर्धशतकीय पारी खेले ।

हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान दुई/दुई विकेट लिए । यसअघिका तीन खेलमा गुजरातले लगातार जित निकालेको थियो । गुजरात ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ। हैदराबाद ४ खेलमा दुई जितसहित चार अङ्कका साथ आठौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८ मंगलबार ००:००  ७ : ५४ बजे