१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सिद्धार्थ बचत तथा ऋण सहकारीले मनायो २४ औँ वार्षिक उत्सव



जितपुर ।

सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले वार्षिक उत्सव मनाएको छ । सोमबार सहकारीको आफ्नै सभाहलमा एक कार्यक्रम गरि २४ औँ वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवको अवसरमा सहकारीले विभिन्न ब्यक्ती तथा समूहलाई सम्मान गरेको छ । सहकारीले १० जना जेष्ठ नागरिक, ३ जना उत्कृष्ट बाल वचतकर्ता, उत्कृष्ट नियमित वचतकर्ता ३ जना, ३ जना असल ऋणी, र विभिन्न ३ वटा समूहलाई सम्मान गरेको सहकारीका ब्यवस्थापक हरिलाल शर्माले बताउनुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघको उपाध्यक्ष तेजप्रसाद आचार्यले ५ हजार सेयर सदस्य रहेको सिद्धार्थमा पुजी भने कम रहको भन्दै सम्पूर्ण आर्थिक कारोबार सिद्धार्थबाटै गर्न आग्रह गर्नुभयो । सरकार, स्थानीयतह लगाएतले सहकारीलाई हेर्ने दृष्टीको प्रष्ट नभएको भन्दै सहकारी मैत्री नीति बन्नुपर्नेमा जोड दिनुभयो । प्रमुख अतिथी समेत रहनुभएका आचार्यले ग्रामिण भेगका सबै जनता, प्रत्येक घरका सदस्यहरु सहकारीमा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कतिपय सेयर सदस्यले धेरै पैसा राख्नुपरेमा बाहिर राख्ने गरेको भन्दै यसो नगरी सहकारीमै कारोबार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै सहकारीका निर्वतनामान अध्यक्ष सूर्य कुमारी शाहीले सहकारीले उद्यमशिलतालाई आर्यआर्जनमा जोडेर आर्थिक पार्जन गर्नुपर्ने बताउनुभयो । अहिलेको समय आधुनिक प्रविधिको रहेकाले हिजको तरिकाले अब सहकारी नचल्नेभन्दै प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष योगमाया पौडेलले बोल्दै ५ रुपैया बचतबाट सुरु गरेको सहकारीमा अहिले ५ हजार सेयर सदस्य रहेको भन्दै आगामी दिनमा यसलाई अझ बढाउने गरी लैजान सुझाव दिनुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष इन्दिरा भट्राईले हाससालै नगरपालिकाबाट उत्कृष्ट भएको भन्दै यसको सम्पूर्ण श्रेय सेयर सदस्य संगै संचालक समितीलाई जाने बताउनुभयो । उहाले सहकारीलाई यहाँसम्म ल्याउन सबैको योगदान रहेको चर्चा गर्दै सहकारीलाई अझ शशक्त बनाउन समयमै बचत तथा ऋण तिर्नुपर्ने बताउनुभयो । धेरैले बाल बचत गर्ने गरेपनि अलिकति रकम हुनसाथ निकालिहाल्ने गरेकाले त्यसो नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा सदस्यहरु पार्वती सुनार र सुमित्रा सुनारले सिद्धार्थले गरेका काम राम्रो रहेको भन्दै सहकारीमा आवद्ध हुन पाउदा आफुलाई पनि खुसी लागेको बताउनुभयो । सहकारीका अध्यक्ष इन्दिरा भट्राइको अध्यक्षता र सचिव अम्बिका थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७९ सोमबार ००:००  ७ : १५ बजे