२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

एमाले कृष्णनगर नगरपालिकाको प्रमुखमा शाह र उपप्रमुखमा मौर्यको उम्मेद्वारी



मायादेवी अनलाइन, कृष्णनगर ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कृष्णनगरले उम्मेदवारको नाम टुंगो लगाएको छ ।

एमालले नगरप्रमुख र उपप्रमुख सहित १२ वटै वडामा सोमबार उम्मेदवारको नाम टुंगो लगाएको नेकपा एमाले नगर कमिटी अध्यक्ष सन्दिप मोर्याले जानकारी दिनुभयो ।जसअन्तर्गत कृष्णनगर नगरपालिकाको नगरप्रमुखमा कुनाल प्रताप शाह र उपप्रमुखमा विमलेस मौर्यको नाम टुंगो लागेको छ ।

यस्तै नगरको वडा नम्बर १ को वडा अध्यक्षमा मनोज जयसवाल , २ मा कृष्ण कुमार गुप्ता, ३ मा सागिर अहमद खाँ, ४ मा दिपेन्द्र कुमार चौधरी, ५ मा सरोज कुमार चौधरी, ६ मा जाबेद आलम खाँ, ७ मा मारुफ खाँ, ८ मा राम लौटन यादव, ९ मा घनश्याम मोर्या ,१० मा अल्ताफ खाँ, ११ मा फग्गु मुराउ, र वडा नम्बर १२ मा राजेश चौधरी लगाएतका उम्मेदवार रहेकोे एमाले कृष्णनगरले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९ सोमबार ००:००  १ : ११ बजे