२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

बाणगंगा २ का स्वतन्त्र उम्मेदवार कार्कीद्धारा उम्मेदवारी फिर्ता



मायादेवी अनलाइन, बाणगंगा ।

स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गर्नुभएका मुक्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिनुभएको छ । कार्कीले वाणगंगा वडा नम्बर २ को वडाअध्यक्ष पदका लागि वैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय वाणगंगामा मनोनयन गर्नुभएको थियो ।

नेकपा एमालेका नगर उपाध्यक्ष रहनुभएका कार्कीले स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गर्नुभएको थियो । वाणगंगा २ राजपुर निवासी कार्की विगत ३० वर्षदेखि नेकपा एमालको राजनीति गर्दै आउनुभएको छ ।

उहाँले पार्टी कार्यकर्ताको आग्रहमा नेतृत्वसंग सहमती गरी आफनो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उम्मेदवारी फिर्ता लिदै कार्कीले मायादेवी अनलाइनसंग भन्नुभयो, ‘कार्यकर्ता शुभेच्छुक र पार्टी नेतृत्वसंग छलफल गरी मेरो उम्मेदवारी फिर्ता गरेको छु, अब वाणगंगामा नेकपा एमालेलाई हार्ने छुट छैन, नगरका ११ वटै वडामा जिताउन सबै पार्टी पंक्तिलाई आग्रह गर्दछु ।’

विगतमा पार्टी पक्तिसंग कुनै सरसल्लाह नगरी एकलौटी ढंगले जनप्रतिनिधीले काम गरेपछि विभिन्न वडामा असन्तुष्ट बढेको थियो । पार्टीले अन्तिम समयमा आएर वडा अध्यक्ष, सदस्य पदको टिकट वितरण गरेपछि केही वडामा समस्या परेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  ५ : २७ बजे