१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जन्जिर थारुद्धारा उम्मेदवारी फिर्ता



मायादेवी अनलाइन, जितपुर ।

नेकपा एमालेबाट रुष्ट भई नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारि दिएका बाणगंगाका जन्जिर थारुले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्य समेत रहेका थारुले बैशाख १२ गते निर्वाचन कार्यालय गजेहडामा गई स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनले पार्टीको केन्द्रिय नेतृत्वसंग भएको सहमति अनुसार उम्मेदवारि फिर्ता लिएको बताए । उम्मेदवारि फिर्ता लिदैँ थारुले एमालेका उम्मेदवारको जितका लागि सक्रिय हुने बताए ।

थारु नेकपा एमालेमा लामो समय राजनीति गरी विभिन्न जिम्मेंवारीमा बसेर काम गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ११ : ४२ बजे