१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

बुद्धभूमि ८ का एमालेबाट वडाध्यक्ष पदका उम्मेदवारको निधन



मायादेवी अनलाइन, बुद्धभूमि

वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन अन्तर्गत शनिबारको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

नगरपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  १२ : ०४ बजे