६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

कपिलवस्तुको वाणगंगाका ४ दलीय गठबन्धनद्धारा प्रतिवद्धतापत्र सार्वजनिक (पूरा पाठसहित)



मायादेवी अनलाइन, वाणगंगा ।
आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बनेको वाणगंगा नगरपालिकामा बनेको ४ दलीय गठबन्धनले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ।

शनिबार नगरको जितपुर–चारनम्बर बजारमा घोषणा सभा मार्फत ४ दलीय गठबन्धनले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

४ दलबाट गठित प्रतिवद्धतापत्र लेखन समितिका संयोजक नारायण खनालले मेयर, उप-मेयरसहितका वडाध्यक्ष, सदस्य र ४ वटै दलका नेताहरुको बीचमा प्रविद्धतापत्र बाचन गरेका सुनाएका थिए ।

धेरै महत्वाकांक्षी नदेखिएका प्रतिवद्धतापत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगार, विकास पूर्वाधार, यातायात, खानेपानी लगायत समावेश छन् ।

साथै उक्त पत्रमा ५ बर्षमा २ हजार ७ सय ५० जनालाई स्वरोजगार गराउने कार्यक्रम देखि विद्यूत शूल्क मिनाह, एक विगाह मूनि जग्गा हुने किसानलाई कर फ्रि लगायत लोकप्रिय घोषणा छन् ।

भ्रष्ट्राचार नियन्त्रणको प्रश्नमा गठबन्धन सजग देखिएको छ । प्रतिवद्धतापत्रको शुभारम्भमा गठबन्धनले शुुसासन–जनमुखी र पारदर्शी प्रशासनलाई जोड दिएको छ । यसमा नगर र प्रत्येक वडा कार्यालय आम जनतासँग प्रत्यक्ष जोडिने हुँदा प्रशासन असाध्यै जनमैत्री, सहज र पारदर्शी बनाइने कुरा उल्लेख छ ।

साथमा सूचनालाई स्थानीय भाषामा समेत प्रकाशित गर्ने जनाइने पत्रमा कार्यालयमा स्थानीय दोभाषेको प्रबन्ध मिलाइने प्रतिवद्धता गरिएको छ । नगरलाई भ्रष्ट्राचाररहित नगरको रुपमा स्थापित गरिने र–स्थानीय तहमा उठाइने व्यवसायिक कर, सम्पत्ती कर, मालपोत कर, घरबहाल कर, शूल्क र जरिवाना आदिको अभिलेख नियमित रुपमा सार्वजनिक गरिने उल्लेख छ ।

जनप्रतिनिधि र कर्मचारीहरुको चलअचल सम्पत्तिको विवरण सार्वजनिक गर्ने देखि नगरको कर असुलीमा धनी र गरिब बीचको सन्तुलन मिलाइने भनिएको छ ।

चुनावी प्रतिवद्धता घोषणासभामा नेकपा (माओवादी केन्द्र)का नेता सुकई थारु, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मीना परियार, जनता समाजवादी पार्टी नेपालका चोपलाल राहुल, राष्ट्रिय जनमोर्चाका कपिल खनाल, मेयरका उम्मेद्वार देवराज अर्याल, उप मेयरका उम्मेद्वार कमल भट्टराई, वडा नं. ९ का वडाध्यक्षका स्वतन्त्र उम्मेद्वार कुमारमधु बेल्वासले लगायतले सम्बोधन गरेका थिए ।

माओवादी केन्द्रका नेता तथा निर्वाचन परिचालन समन्वय समितिका संयोजक टेकेन्द्र कुमार क्षेत्रीको अध्यक्षतामा भएको चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रमको सञ्चालन एकीकृत समाजवादीका नेता दिपक अनुरागीले गर्नुभएको थियो भने राष्ट्रिय जनमोर्चाका नेता मुक्तीराम न्यौपानेको स्वागत मन्तव्य रहेको थियो ।

सुशासन, विकास र आत्मनिर्भर वाणगंगा नगरका लागि चार दलीय गठबन्धन
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा

प्रतिबद्धता–पत्र
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
इतिहासकै अभूत पूर्व राजनीतिक संकट, ओली प्रतिगमनका विरुद्ध संघर्षको क्रममा बनेको पाँच दलीय गठबन्धनलाई प्रदेश–संघको समेत निर्वाचनसम्म कायम राख्नुपर्ने परिस्थितिजन्य दवाब, समाजमा आम निराशा, अन्त्यन्तै जटिल र कठीन समयका बीचमा यहीँ बैशाख ३० गतेका दिन हुन गइरहेको स्थानीय तहको निर्वाचन–२०७९ मा भाग लिन जाँदै छौँ ।
नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त २०७२ सालको संविधानले निदृष्ट गरेको मौलिक अधिकार, समाजवाद उन्मूख नेपालको परिकल्पना साकार पार्ने आधार समृद्ध स्थानीय तह नै हो भन्ने कुरा प्रष्ट छ । प्राप्त उपलब्धीको रक्षा, विकास र उपयोगले आत्मनिर्भर अर्थतन्त्र, सार्वभौमसत्ता सम्पन्न जनता बनाउने यो व्यवस्थाका विरुद्ध हाम्रो संविधान माथि नै प्रहार गरेर उपलब्धी मास्ने तथा प्रतिगमन गरि व्यवस्था नै उल्ट्याउन खोज्ने शक्तिका विरुद्ध नेपाली जनताले गरेको संघर्षले प्रतिगमन परास्त भए पनि खतरा कायमै रहेको वर्तमान अवस्थामा सम्पूर्ण जनतालाई सचेत गराउँदै व्याप्त भ्रष्ट्राचार, दलाली र अराजकताका विरुद्ध यस नगरपालिकामा चार दलीय संयुक्त गठबन्धन बनेको हो ।
निर्वाचन एउटा अवसर र चुनौती दुवै हो । निर्वाचनलाई अवसरका रुपमा उपयोग गर्न सकियो भने यसबाट क्रान्ति, सामाजिक रुपान्तरण, राष्ट्रिय एकता र आर्थिक समृद्धिको यात्रातर्फ अग्रसर हुने अवसर प्राप्त हुन सक्ने छ । तर यदाकदा निर्वाचनहरु प्रतिक्रान्ति, पश्चगमनका औजार पनि बन्ने गरेका छन् । हामी सार्वभौम मतदाताहरुले आफ्नो विवेकको समुचित प्रयोग गर्न चुक्यौ भने, देश चुक्ने छ । परिवर्तन र रुपान्तरणको यात्रा चुक्ने छ । नेपाल राष्ट्रको भविष्य चुक्ने छ । यो यथार्थलाई गहिरो मनन गर्दै यो निर्वाचनमा सामेल हुन चार दलीय गठबन्धन आम मतदातालाई हार्दिक अपील गर्दछ ।
चार दलीय गठबन्धन के कुराको विश्वास दिलाउन चाहन्छ भने, यो प्रतिबद्धता पत्र साधारण चुनावी कागज मात्र होइन । झुट र आश्वासनको पुलिन्दा त हँुदै होइन् । यो प्रतिबद्धता पत्र हामीले नागरिकलाई भ्रमित पार्न ल्याएको गुलिया मिठाइको पुरिया पनि हुँदै होइन, यस भित्र सत्ताको महत्वकांक्षा र स्वार्थको कतै गन्ध पनि छैन । धेरै सोँच विचार गरिकन, गर्न सक्ने र गर्नैपर्ने कुराहरु नै यसमा समेटिएका छन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता पुराना दलहरुबाट निर्वाचनमा मतदातालाई भ्रमित पार्ने गुलिया बचनहरु हामीले इतिहासबाटै सुन्दै आएका हौँ । तर ती बाचाहरु कहिल्यै पुरा भएनन् । नागरिकका सपनाहरुसँग राजनीतिक स्वार्थको खेल खेल्न खप्पिस र कहिल्यै असजिलो नठान्नेहरु मात्र त्यस्तो कुरा गर्दछन् । चार दलीय गठबन्धन त्यस्तो गठबन्धन होइन् । चुनावमा नागरिकको आँगनमा जाने, गुलिया बाचाहरु गर्ने र पाँच वर्ष आफ्नै संसारमा हराउने संस्कारको पुनरावृत्ति चार दलीय गठबन्धनका हामी सहयात्री दलहरुबाट कदापी हुने छैन । यो प्रतिबद्धता पत्र दलीय गठबन्धनबाट कदापी विश्वास घात हुने छैन् । यो प्रतिबद्धता पत्रचार दलीय गठबन्धनका लागि नागरिक विश्वाससँग कतै पनि घात नहुने गरी गरिएको सबैभन्दा ठूलो करारनामा हो । हामी जे भन्छौँ, त्यो गर्छौँ ।
हामीलाई विश्वास छ, यो निर्वाचनमा हाम्रो गठबन्धनलाई आम नागरिकको विश्वास, एक्यबद्धता र सहयोग प्राप्त हुने छ । यहाँहरुले हाम्रो गठबन्धनका विभिन्न चुनाव चिन्ह लिएर लडेका उम्मेद्वारहरुलाई उहाँहरुकै चुनाव चिन्हमा मतदान गर्नुहुने छ । आफ्नो अमूल्य मतद्वारा देशको एकता, समृद्धि र शुसासनको महाअभियानमा योगदान गर्नुहुने छ । आउनुहोस् इन्द्रेणी राष्ट्रियताको प्रर्वद्धन र भ्रष्टाचारमुक्त शुसासन कायम गर्दै हामी हाम्रै जीवनकालमा विकसित र समृद्ध नेपाल निर्माण गरौँ ।
‘समृद्धि सम्भव छ हाम्रो पालामा । अरुले गर्छन कुरा, हामी गर्छाै पुरा ।’
हाम्रा प्रतिवद्धताहरुः
१) शुुसासन–जनमुखी र पारदर्शी प्रशासन
– नगर र प्रत्येक वडा कार्यालय आम जनतासँग प्रत्यक्ष जोडिने भएकाले प्रशासन असाध्यै जनमैत्री, सहज र पारदर्शी बनाइने छ । सूचना स्थानीय भाषामा समेत प्रकाशित हुने छन् । कार्यालयमा स्थानीय दोभाषेको प्रबन्ध गरिने छ । नगरलाई भ्रष्ट्राचाररहित नगरको रुपमा स्थापित गरिने छ ।
–स्थानीय तहमा उठाइने व्यवसायिक कर, सम्पत्ती कर, मालपोत कर, घरबहाल कर, शूल्क र जरिवाना आदिको अभिलेख नियमित रुपमा सार्वजनिक गरिने छ ।
– जनप्रतिनिधि र कर्मचारीहरुको चलअचल सम्पत्तिको विवरण सार्वजनिक गरिने छ ।
– भौतिक पूर्वाधार र विकास निर्माणको योजना निर्माण र कार्यान्वयनको प्रश्नमा निम्न विधिहरु अपनाइने छ ।
(इ–टेण्डर, डिजिटल भुक्तानी, विषय विज्ञबाट डिपिआर, निर्माण सम्पन्न पश्चात विषयगत विज्ञबाट परिक्षण पश्चात भुक्तानी)
– जनताका उजुरी तथा गुनासाहरु सुन्ने एउटा छुट्टै नयाँ इकाईको गठन गरिने छ ।
– नगर र प्रत्येक वडाको विकास निर्माणको योजना र बजेट विनियोजन नगर र वडाका सरोकारवालाको परामर्शमा गरिने छ ।
– नगरको कर असुलीमा धनी र गरिब बीचको सन्तुलन मिलाइने छ ।
२) शिक्षा
– नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको संस्थागत विकास, गुणस्तरिय, जीवन उपयोगी र प्राविधिक शिक्षाका अलवा कक्षा १२ सम्मका विद्यार्थीहरुलाई निशूल्क शिक्षाको प्रवन्ध गरिने छ ।

– नगरभित्र रहेका क्याम्पसहरुको स्तरउन्नती तथा संस्थागत विकास गरिने छ ।
– सामुदायिक विद्यालयहरुमा कम्तिमा दुई जना स्वास्थ्यकर्मीको प्रवन्ध गरिने छ ।

३) स्वास्थ्य
– नगरपालिका भित्र सबैलाई पायक पर्ने स्थानमा कम्तीमा १ सय शैयाको अस्पताल, प्रत्येक वडामा कम्तिमा १५ शैयाको स्वास्थ्य केन्द्र, स्थानीयस्तरमा रहेका स्वास्थ्य चौकीहरुको स्तरउन्नती, आम नागरिकलाई सरल, सुलभ ढंगले स्वाथ्य उपचारको प्रबन्ध, जनआन्दोलन र जनक्रान्तिका परिवारजनहरुको निम्ति सुलभ स्वाथ्य उपचारको प्रबन्ध गर्नका निम्ति अल्पकालिन, मध्यकालिन र दीर्घकालीन योजना तर्जुमा कार्यान्वयनमा लगिने छ ।

– दीर्घरोगी, घातक रोगीका विरामी लागि आवश्यक राहतको प्रबन्ध गरिने छ ।
– गरिब, असहाय, विपन्न, जेष्ठ नागरिक, गर्भवती महिला र जनक्रान्तिका परिवारजनहरुलाई नगरपालिका भित्र स्वास्थ्य उपचारको निम्ती निशूल्क यातायात सेवाको प्रबन्ध गरिने छ ।
– प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना
३) स्वरोजगार
– प्राविधिक शिक्षा तथा बैदेशिक रोजगारीबाट सीप सिकेर फर्किएका इच्छुक वेरोजगार युवा तथा महिला, विपन्न परिवारलाई निशूल्क सीपमुलक तालिम पश्चात उद्यमका आधारमा लगानी उपलब्ध गराइने छ ।
– टोल टोलमा उत्पादन सहकारी, प्रति परिवार एक सहकारी सदस्य, एक सहकारी एक उत्पादन कार्यक्रम सञ्चालन गरिने छ ।
४) कृषि
– यस नगर भित्र एउटा खाद्य डिपो, उत्पादन संकलन र विक्री केन्द्रसहित कोल्ड स्टोरेज राखिने छ ।
– उत्पादनमा आधारित सहुलियत एंव् अनुदान, कृषकको परिचय पत्र तथा सम्मान ।
– एकीकृत सेवा केन्द्रबाट, कृषि पशुपालन, माछापालन बागवानी र जडीबुटी खेती तथा उद्योगहरुलाई प्राविधिक सेवा, शारिरिक तथा मानसिक स्वास्थ्य उपचार सम्बन्धि सल्लाह, पर्यटन प्रर्वद्धन र कानुन सम्बन्धी परामर्श सेवा दिइने छ । त्यस्तै गरी योग शिविर पनि संचालन गरिने छ ।
– जमीनको बर्गीकरण गरि भूमिलाई उत्पादनमा परिणत गरिने छ । जमीन बाँझो राख्ने कुरालाई कडाई पूर्वक नियन्त्रण गरिनेछ ।
– ७५ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि नगरपालिका भित्र यातायात निःशूल्क गरिने छ ।
६) पर्यटन
– यस नगर भित्र रहेका धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय क्षेत्रहरुको संरक्षण, सम्बर्धन र त्यसको संस्थागत विकास निम्ति योजनाबद्ध पहल गरिने छ । तत्काल ती क्षेत्रहरुमा इन्टरनेटको सुविधलाई निशूल्क बनाइने छ ।
७) ढल तथा फोहोरमैला व्यवस्थापन
– यस नगर भित्र ढल निकास तथा फोहोर मैला व्यवस्थापनको कामलाई अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना अन्र्तगत व्यवस्थित गरिने छ ।
८) औधोगिकीकरण
– उद्योगिकग्राम, औद्योगिक क्षेत्र निर्धारण एंव् निर्माण, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना तथा सञ्चालनलाई प्राथमिकता, प्रोत्साहन र प्रवर्धन, स्थानीय रोजगारका अवसर सिजर्ना गर्ने उद्योगलाई विशेष सहुलियत, लगानी सभा, लगानीमैत्री वातावरण, स्थानीय व्यवसायीहरुको स्थायित्व तथा संस्थागत विकासका निम्ति जोड, स्थानीय उत्पादनलाई प्रोत्साहन, प्रवर्धन एंव् प्रयोगको निति लिइने छ ।
– यस नगरपालिका भित्र सदियौं देखि नदीकटान क्षेत्र, बन क्षेत्र र ऐलानी जग्गामा अव्यवस्थित ढंगले जीवनयापन गर्दै आएका गरिब, मजदुर, किसान, भूमिहिनहरुको पहिचान गरि उनीहरुलाई बसोबास र जमीनको प्रवन्ध गर्ने निति लिइने छ ।
९) भौतिक पूर्वाधार
क) नगर गौरव परियोजना
– जहदी–बुङ्ची–जिनुवा–डोहोटे सडकखण्ड, जितपुर–विक्रमसोता–पावरा सडकखण्ड, पिपरा–चाकडचौडा सडकखण्ड
– जीतपुर–चारनम्बर बजारमा आकाशे पूल निर्माण
– आधुनिक विद्युतीय नगर बस सञ्चालन
– वाणगंगा चक्रपथ निर्माण
ख) नगर भित्र मापदण्ड पुगेका प्रत्येक सडकखण्डमा ढल निकाससहितको कालोपत्रे, मुख्य बजार क्षेत्रका सडकमा सडकबत्ती, प्रत्येक परिवार एक धारा स्वच्छ खानेपानी अभियान सञ्चालन, सिंचाईका लागि पक्की बाँध तथा कुलो निर्माण, आवश्यक स्थानमा बोरिङ जडान, मायादेवी र बुद्धरंगशालाको स्तरउन्नती, प्रत्येक वडामा एक खेल मैदान, नगरभित्र बहुउद्धेश्यीय सभाहल तथा प्रर्दशनी निर्माण, नगरभित्र विश्रामस्थलसहितको पुस्तकालय स्थापना
१०) विशेष योजना
– एकल महिला, असहाय परिवारबाट उपेक्षित जेष्ठ नागरिकका लागि स्याहार सुसार गर्ने खालको विशेष आवास गृहको निर्माण गरिने छ ।
– गर्भवती महिला, १० वर्ष मुनिका बालवालिका र ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई एम्बुलेन्स लगायत नगर भित्र चल्ने कुनैपनि सवारी साधनमा भाडा छुट गरिने छ ।
– प्रत्येक वडामा एउटा महिला उत्थान केन्द्र राखिने छ ।
– दलित शारिरिक अपांगता, अल्पसंख्यक तथा सिमान्तकृत समुदाय भएका व्यक्तिहरुसहित घाइते, अपांग र वेपत्ता परिवारका लागि एउटा छुट्टै युनिट राखिने छ ।
–प्रत्येक वडा भित्र जल, जंगल, जमीन, वन्यजन्तु, जलचर, खानी, तथा खनिज पदार्थ आदिको संरक्षण गरिने छ ।
– नगर तथा प्रत्येक वडामा रहेका जनप्रतिनिधिहरुले अहिलेसम्म प्रयोग गर्दै आएको सुविधामा ५० प्रतिशतले कटौती गरिने छ ।
– किसानहरुलाई सिँचाइका निम्ति विद्युत छुट र एक विगाहा भन्दा थोरै जमीन भएका मानिसहरुको हकमा पुरै राजश्व मिनाह गरिने छ ।
– वडा कार्यालय सबैलाई पायक पर्ने ठाउँमा राखिने छ । आधुनिक भवनको प्रबन्ध गरिने छ ।
– जनतासंग जनप्रतिनिधि कार्यक्रम सञ्चालन
– उपलब्ध स्रोत साधनको समुचित प्रयोग तथा समान वितरण प्रणाली
– पर्यावरण सुरक्षा कार्यक्रम सञ्चालन

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  १२ : ४१ बजे