२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

बैशाखे बाढीले बगाएर अर्घाखाँचीमा बालिकाको ज्यान गयो



अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा गएराति आएको बाढीले बगाएर एक बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया बालिका शिवानी घर्तीको ज्यान गएको हो ।

प्युठान मल्लरानी गाउँपालिका २ की शिवानी आफ्नी दिदीको घर ढाकाबांग आउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाले बताउनुभयो । खोजी गर्दै जाँदा आज बिहान मृत अवस्थामा शव फेला परेको प्रनाउ थापाको भनाइ छ । उहाँका अनुसार अहिले शवलाई पोष्टमार्टमका लागि प्युठान अस्पतालमा पठाइएको छ ।

यस्तै बाढीले ५ घरमा क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ३ : ०९ बजे