१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बुद्ध एयरको जहाजको टायर पन्चर हुँदा भैरहवा विमानस्थल अवरुद्ध



भैरहवा ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमानको टायर पन्चर हुँदा उडान प्रभावित भएको छ ।

शनिबार दिउँसो भैरहवाबाट काठमाडौं उड्ने क्रममा धावनमार्गमा गुडिरहेका बेला बुद्ध एयरको उडान नम्बर ८५६ को विमानको टायर पन्चर भएको हो । धावनमार्गमै विमान रहेका कारण एक घण्टादेखि भैरहवा विमानस्थलमा अवतरण र उडान हुन सकेको छैन ।

विमानमा ७२ जना यात्रु रहेको र सबै जना सुरक्षित रहेको विमानस्थल सुरक्षा स्रोतले जानकारी दियो । अहिले विमानलाई धावनमार्गबाट हटाउने काम भइरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९ शनिबार ००:००  ४ : ०४ बजे