२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

कांग्रेस बाणगंगा १ बाट वडा अध्यक्षका उम्मेद्वार सारुद्धारा प्रतिबद्धतापत्र सार्वजनिक



मायादेवी अनलाइन, बाणगंगा ।

नेपाली कांग्रेसबाट बाणगंगा नगरपालिका वडा नं १ वडा अध्यक्षका लागि उम्मेद्वारी दिएका युवा नेता संजु सारु मगरले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा वडा नं १ बाट वडा सदस्यमा सबैभन्दा बढी मत ल्याएर सारु निर्वाचित भएका बिकासपे्रमी युवाका रुपमा चिनिएका छन् ।

उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सरकारबाट आउने तलब भत्ता सामाजिक बिकास र बिभिन्न बर्गका मानिसहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने उल्लेख गरेका छन् ।

सारुले निबर्तमान वडासदस्य समेत रहदा पनि आफुले पाएको सरकारी तलब भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका थिए । नेपाली कांग्रेसले सारु मगरलाई वडाध्यक्ष पदमा उठाएको छ भने सदस्यहहरुमा सिता सुनार, टोपकला बिसि, राज कुमार थारु र लक्ष्मी बहादुर खत्री सदस्य पदमा भिड्दै छन् ।

यस्ता छन् सारुका प्रतिबद्धताहरु

१. बैरियाटोलः आवर विज्डम स्कुल जाने बाटोलाई पूर्णता दिइने छ ।क्वाटर चोकदेखि कृष्ण घिमिरेको घरसम्म र त्यहाँदेखि राजपुरजोड्ने बाटोलाई कालोपत्रे गरिने छ ।टोलभरी सडक लाइट र सडक किनारामा वृक्षारोपण गरिने छ ।थारु एवम् अन्य पिछडिएका महिलाहरुलाई सीप मूलक तालिम, क्षमता अभिबृद्धिका तालिम प्रदान गरिने छ ।

२. शान्ति श्रीनगर टोल बैरियाः आयु मेडिकल हलदेखि निवुवा चोकसम्म बाटो विस्तार गरी कालोपत्रे गरिने छ ।टोलका भित्री सडकहरुमा सडक लाइट र सडक किनारामा वृक्षारोपण गरी हरियाली सडक बनाइने छ ।टोलमा सामाजिक भवन निर्माण गरिने छ ।

३. बठानपुर निवुवा टोलः बाँकी रहेका सडक स्तर उन्नतीसहित कालोपत्रे गरी सडक लाइट र वृक्षारोपण गरी हरियाली सडक बनाइने छ ।वठानपुर निवुवा देखि झुँगा मन्दिरसम्म सडक स्तरउन्नती गरी कालोपत्रे गरिने छ ।वठानपुर पोखरी वरिपरि पर्खाल निर्माण गरिने छ ।बठानपुर हुलाकी सडक कालोपत्रे गरिने छ ।बठानपुर निवुवामा सिंचाईको लागि उपयुक्त स्थानमा बोरिङ्गको व्यवस्था गरिने छ ।

४. मन्द्रेली टोलः महेन्द्र राजमार्गदेखि भीमकान्त अर्यालको घरसम्म बाटो विस्तार र कालोपत्रे गरी सडक लाइट र वृक्षारोपण गरी हरियाली सडक बनाउने छ ।उक्त टोलमा एउटा मन्दिर तथा प्रतिक्षालय निर्माण गरिने छ ।५ शान्ति टोल चारनम्बरः अर्याल इलेक्ट्रिक्सदेखि दक्षिणतर्फ बाटो निर्माण गरिने छ ।उक्त टोलमा सि।एन।सी। हस्पिटलदेखि कृषि विकास बैंकसम्म नाला विस्तार गरिने छ ।उक्त टोलमै सामुदायिक पुस्तकालयको भवन निर्माण गरिने छ ।

६. जितपुर टोलः महेन्द्र राजमार्ग चोकदेखि सिमलपानी जाने सडक नाली सहित विस्तार गरी सडक लाइट र वृक्षारोपण गरी हरियाली सडक बनाउने र कुलोहरु पक्की बनाइने छ । बुद्ध रंगशालालाई पूर्णता दिइनेछ ।जितपुरमा इको पार्क तथा बाल उद्यान निर्माण गरिने छ ।जितपुरमै क्रियापुत्री भवन निर्माण गर्ने साथै एउटा जलाशय निर्माण गरिने छ ।बंगलामुखी मन्दिरलाई विधान अनुरुप दर्ता गरी नेपाल सरकारको धार्मिक स्थलको रुपमा सूचीकृत गरिने छ ।

७. मिलनटोल उत्तमनगरः सम्पूर्ण सडक कालोपत्रे गरी सडक लाइट र वृक्षरोपण गरिने छ ।यमलाल घिमिरेको घरदेखि मधुवनधाम जोड्ने सडक कालोपत्रे र कजवे निर्माण गरिने छ ।सडक किनारामा पक्की नाली निर्माण गरिने छ ।८ प्रगती टोल उत्तम नगरः गजेहडा कुलाको दुवै तर्फ पक्की नाला निर्माण गरी वृक्षारोपण गरिने छ ।अधुरा सडक कालोपत्रे गरी वृक्षारोपण गरी हरियाली सडक बनाइने छ ।दलित भवनलाई सुविधा सम्पन्न भवन बनाइने छ ।पुरातात्विक महत्वका छापे ढुंगा लगायतका स्थानलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्दै आन्तरिक पर्यटन भित्र्याइने छ ।

९. बुङ्ची टोलः बाँकी सडक कालोपत्रे गरिने छ ।बुङची टोलमा बाँकी रहेको विद्युतीकरणका बाँकी काम गरिने छ ।सुपादेउराली मन्दिर निर्माण गरिने छ ।महेन्द्र राजमार्ग जोड्ने भित्री सडकहरु स्तर उन्नती गरी नाला मर्मत सम्भार र वृक्षारोपण गरिने छ ।

१०. दुर्गा मन्दिर टोल बैरिया हाट बजार सुविधा सम्पन्न बनाउँदै बाँकी ठाउँमा नाली विस्तार र बाटो कालोपत्रे गरिने छ ।दुर्गा मन्दिर प्राङगणमा लकिङ्क टायल लगाइने छ ।दुर्गा मन्दिर प्राङ्गणमा भगवतीको वाहन सिंहको आकर्षक प्रतिमा राखिने छ ।

११. मिलन टोल बैरियामा कमल श्रेष्ठको घरदेखि वठानपुर जाने बाटो विस्तार गरी कालोपत्रे गरिने छ ।मिलन टोलमा बाँकी रहेको विद्युतीकरणको काम पूरा गरिने छ ।चर्चलाई सहयोग र बाटो स्तरउन्नती गरी कालोपत्रे गरिने छ ।सारुले प्रत्येक टोलका उपरोक्त प्रतिबद्धता बाहेक पनि हाम्रो वडा राम्रो वडा बनाउनका लागि थप निम्न कार्यहरु पनि गर्ने प्रतिबद्धता जनाएका छन् ।बाल मा।वि। र सिद्धार्थ मा।वि।मा ई–पुस्तकालय स्थापना गरिने छ ।उत्तमनगरको स्वास्थ्य केन्द्रको स्तर उन्नती गर्ने र सोको शाखा बाल मा।वि।को प्राङ्गणभित्र ल्याई खोप केन्द्र निर्माण गरिने छ ।वडा भित्रका ४० वर्ष भन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने छ ।लागू औषध दुव्र्यसनमा परेका युवायुवतीहरुको बानी व्यवहार रुपान्तरण गरी आय आर्जनमा लाग्न ठोस कार्यक्रम गरिने छ ।वडा भित्रका सम्पूर्ण सिंचाई कुलोहरु पक्की बनाइने छ ।

वडा नम्बर एकलाई बाढी नदी कटानबाट बचाउन नदी तटबन्ध गर्न उपल्लो सरकारसँग माग गरिने छ ।वडा नं। १ मा स्वास्थ्य व्यायाम केन्द्र, ध्यान केन्द्र, योग केन्द्र निर्माण गरिने छ ।प्रत्येक वडावासीको स्वास्थ्य बिमा गरी निःशुल्क स्वास्थ्यमा पहुँच पु¥याइने छ ।गर्भवती सुत्केरी आमाहरुलाई पोषण बापत रु। २ हजार प्रदान गरिने छ साथै अस्पताल पुग्नका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने छ ।वडाका कृषकहरुलाई समयमै मलखाद, बीउ विजन उपलब्ध गराउन सस्तो सहकारी पसल संचालन गरिने छ ।यसै वडाको उत्तमनगरमा स्तरीय खेल मैदान बनाइने छ ।वडाका आदिवासी, जनजातिहरुलाई प्राथमिकता दिई विशेष कार्यक्रम ल्याइने छ ।

१२. वडा नम्बर एकको वडा कार्यालयका लागि हाम्रै नेतृत्वमा १५ धुर जग्गा प्राप्त गरी सकिएकोमा सो स्थानमा आधुनिक एवम् सुविधा सम्पन्न कार्यालय भवन बनाइने छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९ सोमबार ००:००  ३ : ०५ बजे