३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

बाणगंगाको उप मेयरमा थारुको उम्मेद्वारी किन ?



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा सम्पुर्ण महिलाहरुको प्रतिनिधित्व गर्दै रीता थारु चुनावी मैदानमा उत्रीनुभएको छ । नेकपा एमालेको तर्फबाट बाणगंगाको उप मेयरको उम्मेद्वारको रुपमा थारुको उम्मेद्वारी रहेको छ । समृद्ध नगर सुखी नगरवासी बनाउने प्रतिवद्धताका साथ उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।

वि.स. २०४१ सालमा बाणगंगा वडा नं. २ पिपरामा जन्मिनुभएकी थारु सामान्य परिवारमा जन्मिनुभएको हो । सामान्य परिवारमा जन्मिनुभएकी थारु २०५२ साल देखिनै पार्टीको जनवर्गीय संगठन अनेरास्ववियुमा संगठित भई राजनितिमा होमिनुभएको हो । हाल बाणगंगा नगरपालिका वडा नं. ६ मनोहरापुर बसोवास गर्दै आउनुभएकी थारु करिव १४ बर्ष सामाजिक क्षेत्रमा काम गर्नुभयो । विभिन्न सामाजिक संघ सस्था, सामुदायिक वन, महिला सहकारीमा आवद्ध भई महिला, बालवालिका, ज्येष्ठ नागरिक तथा विपन्न परिवारको सामाजिक तथा आर्थिक समृद्धिका लागि अहम भुमिका खेल्नुभएको थियो ।

वि.स. २०६३ सालमा पार्टी सदस्यता लिनुभएकी थारु जिल्ला सदस्य हुंदै अनेमसंघ जिल्ला सदस्यमा एक कार्यकाल खानुभयो । १० बर्ष पार्टीको जिल्ला कमिटि सदस्य भई जिम्मेवार सम्हाल्नुभएकी थारु २०७४ सालको संसदीय चुनावमा समानुपातिक उम्मेद्वारको रुपमा सक्रियताका साथ लाग्नुभयो ।

बाणगंगाको उप मेयरमा उम्मेद्वारी किन भन्ने प्रश्नमा थारुले महिला, बालवालिका, ज्येष्ठ नागरिक, विपन्नको जिवनस्तर उकास्न तथा वालवालिको पोषण सुनिश्चित एवम् ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता वृद्धिका लागि उपमेयरमा उम्मेद्वारी रहेको बताउनुभयो ।

विपन्न महिलाहरुका लागि प्रसतुी सेवामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, नगरमै स्तरीय बर्थिङ सेन्टर सञ्चालन गर्ने, उच्च शिक्षाको प्राविधिक विद्यालय तथा छात्रवृत्ति प्रदान गर्ने, महिला सम्बन्धी विभिन्न सचेतनामुलक तालिम तथा चेतनामुलक कार्यक्रम मार्फत सचेत गराई महिलाहरुको क्षमता विकास गराउनमा आफ्नो अहम भुमिका रहने बताउनुभयो ।

थारुले मजदुरहरुको हक अधिकार अनुसारको पारिश्रमिक सुनिश्चित गर्ने, एक घर एक धारा खानेपानीको ब्यबस्था गर्ने, बाटाघाटा स्तरउन्नती तथा कालोपत्रे गर्ने, ढल निकास, नहर सिंचाईको ब्यबस्था तथा रोजगारको अवसर सिर्जना गरि महिलाहरुलाई विशेष अवसर प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै अर्को महत्वपुर्ण पक्ष अपांगता भएका व्यक्ति, दलित, महिला, गर्भवती महिला, अशक्त, जनजाती, थारु समुदाय सम्पुर्णलाई समावेश गर्दै लक्षित वर्गका विभिन्न कार्यक्रम सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

त्यसैगरी राजापनीमा नगरस्तरीय थारु संग्रालय निर्माण गर्ने बताउदै मौसमी तथा बेमौसमी तरकारीका लागि पकेट क्षेत्रको विकास गर्ने बताउनुभयो । त्यस्तै विपद ब्यबस्थापनमा ध्यान दिने, शवदह निर्माणका लागि पहल गर्नुका साथै राजापानी, मधुवनधाम, कपिलधाम लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र संवद्र्धनका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १९ बैशाख २०७९ सोमबार ००:००  ३ : १२ बजे