२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

शिवराजमा गठबन्धनको घरदैलो अभियान तिब्र, सर्बसाधारणको सकारात्मक प्रतिक्रिया



मायादेवी अनलाइन, शिवराज

आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि कपिलवस्तुको शिवराज नगरपालिकामा गठबन्धन दलहरु नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादीकाका उमेद्धारहरुले घरदैलो अभियानलाई तिब्र पारेका छन् ।

नेकपा एसबाट मेयर पदका उमेद्वार क्षेत्र बहादुर खत्रि र माओवादी केन्द्रबाट उपमेयर पदका उमेद्वार दिनेश पुन लगायत वडा अध्यक्ष पदका उमेद्धारहरुले घरदैलो अभियानलाई तिब्र पारेका छन ।

यसैगरी शिवराज ५ नं वडाका वडा अध्यक्ष पदका उमेद्धार सरोज पौडेल पनि घर घरमा पुगेर सुझाब सहित मत माग्नमा व्यस्त छन । यतिबेला जनताको रोजाइ र केन्द्रबिन्दुको रुपमा पनि गठबन्धनका उम्मेदवारहरु रहेका छन । आज मंगलबार वडा नं ५ का विभिन्न टोलमा घरदैलो गर्दै दिगो विकासका लागि मत दिन उम्मेद्वारहरुले गरेका छन ।

घरदैलोको क्रममा गठबन्धनका उम्मेदवारहरुको जित निश्चित रहेको नागरिकको भनाई सुन्न पाईन्छ । पुरानाले के गरे त्यो सबै कुराको मुल्यांकन गरी मत दिन आग्रह गर्दै मेयर पदका उमेद्वार क्षेत्रबहादुर खत्रिले नयाँलाई अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७९ मंगलबार ००:००  २ : ४३ बजे