२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

कांग्रेस बुद्धभूमि ५ द्धारा घरदैलो अभियान तिव्र



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसले घरदैलो अभियान तिव्र पारेको छ । आसन्न बैशाख ३० गते हुने निर्वाचनका लागि कांग्रेसले घरदैलो अभियानलाई तिव्र पारेको हो । बुद्धभूमि नगरपालिका ५ मा कांग्रेसबाट वडा अध्यक्षका बेचन प्रसाद यादव, खुला सदस्यमा अजिजुल्ला मुसल्मान, इसरार अलि मलिक, महिला वडा सदस्यमा सरस्वती कुँवर र दलित महिला सदस्यमा बागमती कोरी सहितका उम्मेद्वार, नेता तथा कार्यकर्ता दैनिकजसो घरदैलो अभियानमा होमिएका छन् भने आफ्ना प्रतिबद्धतापत्र जनतालाई बुझाउने गरेका छन् ।

No description available.

वडा नम्बर ५ लाई शिक्षा, स्वास्थ्यमा विकास गर्न आफु लाई मतदान गर्ने वडा अध्यक्षका उम्मेद्वार यादवले आग्रह गर्नुभयो । गत निर्वाचनमा अधुरा रहेका विकासका काम अब पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । २०७४ सालको स्थानीय चुनावका बुद्धभूमि ५ मा यादवनै निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७९ बुधबार ००:००  ६ : १२ बजे