२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

आयआर्जन र रोजगारी नगरको प्राथमिकताः मेयरका उम्मेद्वार अर्याल



कपिलवस्तु ।

नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका उम्मेदवार चक्रपाणी अर्यालले आयआर्जन र रोजगारी नगर प्राथमिकता भएको बताउनु भएको छ । मेयर पदका प्रत्यासी अर्यालले समग्र बाणगंगालाई समृद्ध बनाउन “बाणगंगा नगर समृद्ध शहर, स्वरोजगार नागरिक आत्मनिर्भर नगर”को मूल प्रकरणलाई सफल तुल्याउन स्थानीय श्रोत साधनलाई आयआर्जन र रोजगारीसंग जोडेर लैजाने बताउनुभयो ।

मेयरका प्रत्यासी अर्यालले किसानको हितमा कृषि उत्पादन, विमा, उत्पादनमूखी प्याकेज कार्यक्रम ल्याउने दावी गर्नुभयो । मेयरका प्रत्यासी अर्यालले वडामा बसोबास गर्दै आएका सुकुम्बासीहरुका समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । अर्यालले वडाका अधुरा भौतिक पूर्वाधारका कार्यलाई तिव्रता दिने पनि प्रतिवद्धता ब्यक्त गर्नुभयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरको वडा नं. २ का बस्तीहरुको घरदैलौ अभियानका क्रममा स्थानियबासीका जिज्ञासालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले वृद्ध वृद्धाका लागि घरमै स्वास्थ्य सेवा पु¥याउने बताउदै जोखिममा परेका बालबालिका तथा महिलाको उद्धार र राहतका लागि अलग्गै कोष र संयन्त्रको ब्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो । घरदैलो अभियानका क्रममा एमालेकोे तर्फबाट बाणगंगा न.पा. वडा नं. २ का अध्यक्षका प्रत्यासी विष्णु पौडेलले आफु वडाबासीको अभिभावक भई जिम्मेवारीपूर्वक काम गर्दै प्राथमिकताका आधारमा वडाका योजनाहरु सम्पन्न गर्ने बताउनु भयो ।

संयौको संख्यामा रहेको घरदैलो अभियानमा एमाले पोलिटब्यूरो सदस्य तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, एमाले नेताहरु विश्व कार्की, ताराजन घिमिरे, गोपाल भट्टराई, कमल क्षेत्री, कमल घिमिरे, नन्दराम पौडेल, हिरामणी घिमिरे, खेमराज मरासिनी, टार्मजन राना, वडा नं. २ का वडा सदस्यका उम्मेद्वार शान्ता पाण्डे, सुमित्रा दमाई, भिमलाल सापकोटा र प्रेस बहादुर रौतार थारु लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक, मतदाताहरुको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. २ को निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९ बुधबार ००:००  ७ : ४१ बजे