१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

यशोधराका मतदाता भन्छन् -‘जनप्रतिनिधि असल नहुँदा विकास भएन् ’



कपिलवस्तु ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा असल जनप्रतिनिधि नहुँदा विकासमा पछाडी परेको पालिकाबासीको गुनासो छ । पछिल्लो ५ वर्ष निर्वाचित भएका जनप्रतिनिधिले विकासको काममा चासो नदिँदा यशोधरामा विकास नभएको मतदाताहरु बताउँछन् ।

अन्य पालिकामा सडक कृषि पुर्वाधार, सिंचाई, शिक्षा, पुल पूर्वाधार, खानेपानी लगायतमा धेरै काम भएपनि यशोधरा गाउँपालिकामा भने निकै पछाडी परेको स्थानीय बताउँछन् । गाउँपालिकामा उच्च शिक्षा हासिल गर्न क्याम्पस नहुँनु दमकल नहुँनु , सामान्य सुविधाको अस्पताल नहुनु, पार्क, फुलवारी, प्राविधिक शिक्षा अध्ययनको उपर्युक्त अवसर नभएको कारण विकास नभएको बताइएको छ ।

‘पुराना दलको ५ वर्षसम्म शासन हेरीयो तर विकास देख्न पाइएन । फेरी त्यही हुन दिईन्न । सक्षम र योग्य उम्मेदवार छान्ने बेला यहि हो,’-‘विगत जस्तो गल्ती गर्दैनौ, स्थानीय शान्ति चमारले बताइन् ।’

यस पटक विकास हेर्ने नेतालाई भोट दिइने स्थानीयहरु बताउँछन् । कोभिडका समयमा पनि पालिकाका जनप्रतिनिधीले गाउँवासीलाई मानवीय व्यवहार समेत नगरेको स्थानीयले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ८ : ५३ बजे