८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

विष्णु पौडेलले बुटवलमा गरे मतदान



बुटवल ।
स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् ।

पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

बुटवलमा एमालेबाट बाबुराम भट्टराई र पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयरमा उम्मेदवार छन् ।

स्थानीय चुनावका लागि नेता पौडेल वैशाख दोस्रो हप्तादेखि बुटवलमा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  ८ : ५१ बजे