१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

एमाले अध्यक्ष ओलीले गरे मतदान



काठमाण्डौ ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका चुनावमा मतदान गर्नुभएको छ ।

अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदान गरिसकेपछि अध्यक्ष ओलीले समयमै चुनाव सम्पन्न भएको र मतदान अत्यन्तै उत्साहपूर्ण रुपमा भइरहेको बताउनुभयो ।

उहाँले केही ठाउँमा सत्ता गठबन्धनका तर्फबाट आक्रमण गरेको आरोप पनि लगाउनुभयो । उहाँले जसरी पनि जित्नुपर्छ भन्ने नभइ लोकतन्त्रमा चुनावमा सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रकाशित मिति : ३० बैशाख २०७९ शुक्रबार ००:००  १ : ११ बजे