१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तु नगरपालिकामा जसपाको सुरुवाती अग्रता



मायादेवी अनलाइन, वाणगंगा ।
शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत कपिलवस्तु नगरपालिकाको मतगणना जारी छ । गएरातिबाट सुरु भएको मतगणनामा जसपाका उम्मेद्वार सुदीप पौडेलले सुरुवाती अग्रता लिएका छन् ।

हालसम्म ४ सय मत गणना हुँदा पौडेलले २ सय ७ मत पाएका छन् । उनका पछि पछि एमालेका उम्मेद्वार डा. राजेश गुप्ता रहेका छन् । उनले ९५ मत पाएका छन् ।

कांग्रेसका किरण सिंहले ५२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

त्यस्तै उपप्रमुखमा जनता समाजवादीकी सुनिता गुप्ताले ११५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलासा पाण्डे गैरेले १०१ मत प्राप्त गरेकी छिन् । कांग्रेसकी नसरिन खातुनले ९१ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ६ : ३७ बजे