६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नम्बर २, ३ र ४ मा काग्रेस विजयी



बुटवल ।

गुल्मीको रेसुङ्गा नगरपालिकाको चार वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १ एमालेको हातमा परेको छ भने २, ३ र ४ को मतगणना सकिँदा चारवटै वडामा नेपाली कांग्रेसले वडाको नेतृत्व हात पारेको छ भने मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिएको छ ।

नगरपालिकाको वडा नं १ मा एमालेका रामप्रसाद पन्थी ३०५ मतसहित विजयी भएका छन् भने २ मा कांग्रेसका हिराबहादुर थापा ३८० मतका साथ विजयी भएका छन् । त्यसैगररी वडा नम्बर ३ मा कांग्रेसकै बावुराम खत्रीले ४८७, वडा नम्बर ४ मा लिलाधर आचार्यले ५५७ मतका साथ प्यानलसहित विजयी भएका छन् ।

रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिइरहेका र नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  १० : ०१ बजे