१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट चार जना घाइते



दाङ ।
दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट चार जना घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–४ गणेशचोकमा गएराति दुई समूहबीच भएको झगडामा खुकुरी प्रहार हुँदा चार जना गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

घाइतेलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके रेफर गरिएको छ । गाउँमा भएको पूजामा जम्मा भएका युवाहरुबीच झगडा भएको थियो । खुकुरी प्रहार गर्ने समूहका एक जना पक्राउ परेका र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  १० : २२ बजे