९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना, ३ जनाको मृत्यु



महेन्द्रनगर ।

दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

‘३ जनाको घटना स्थलमै मृत्यु भएको छ, घटनाको विस्तृत विवरण आउन बाँकी छ,’ विष्टले भने, ‘मृतकहरुको पहिचान खुलेको छैन ।’

हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ११ : ०४ बजे