६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

कपिलवस्तुको यशोधरामा एमालेका उम्मेद्वार धेरै अगाडी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको दक्षिणी भेगमा रहेको यशोधरा गाउँपालिकाको मत गणना जारी छ । अहिलेसम्म यशोधरामा ७ हजार १ सय ९७ मत गणना भइसकेको छ ।

जसमा वडा नं. १ र वडा नं. २ को अन्तिम परिणाम सार्वजनिक भएको छ । गएको स्थानीय तहको चुनावमा एउटा पनि वडा सदस्य जित्न नसकेको एमालेले वडा नं. १ र २ मा वडा अध्यक्ष जितेको छ ।

एमालेबाट वडा नं. १ मा अब्दुल कयुम खान र वडा नं. २ को वडाध्यक्षमा मनोज कुमार चौवे विजयी भएका छन् ।

पालिकाको अध्यक्षमा एमालेका शिव दयाल तिवारीले १ हजार ९ सय ३९ मत पाएर अग्रता बढाएका छन् भने, कांग्रेसका उम्मेद्वार अनुप कुमार पाण्डेले १ हजार १ सय ४ मत पाएका छन् । कांग्रेसका पाण्डेय भन्दा तिवारी ८ सय ३५ मतले अगाडी छन् ।

माओवादी केन्द्रका हजरत अलीले १ हजार ९५ मत पाउँदा जसपाकी साधिका यादवले १ हजार २३२ मत पाएकी छिन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ९ : ३६ बजे