२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अर्घाखाँचीको मालारानीमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी



अर्घाखाँची ।

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।
गाउँपालिका अध्यक्षमा एमालेका दलबहादुर भट्टराईले ८ हजार २ सय ८३ मत लिएर विजयी भएका हुन।उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले ६हजार ७सय २६ प्राप्त गरेर पराजित भएका हुन।

यस्तै उपाध्यक्षमा एमालेकी दिपा पोखरेलले ८हजार १सय ५५ मत लिएर विजयी भएकी छ्न।उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त गठबन्धनको तर्फबाट कांग्रेसक सोभाखर खनालले ६हजार ६सय ५७ मत प्राप्त गरि पराजित भए।

एमालेले गाउँपालिका भित्र रहेका ९ वडा मध्ये ७वडामा विजयी हासिल गरेको हो भने नेकपा माओवादी केन्द्रले २वडामा जितेको हो।यस्तै ६ नम्बर वडामा १ भोट्ले आफुहरु पराजित भएको भन्दै विरोध जनाउदै आएको छ।सोही वडामा माओवादीका सम्पुर्ण वडा सदस्री विजयी भएका छ्न।

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  १० : ५१ बजे