४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

पाल्पाको रामपुर नगरपालिकामा कांग्रेसका थापा निर्वाचित



पाल्पा।

पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापा निर्वाचित भएका छन् । १० हजार ४५६ मत प्राप्त गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । १० हजार ३०७ मत ल्याएर बालकुमारी थापा उपमेयरमा निर्वाचित भइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी रानाले १० हजार २५० मत ल्याएकी छन् ।

मेयरमा निर्वाचित थापा २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए ।

१० वटा वडा रहेको रामपुरमा ७ वटा वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने ३ वटा वडामा एमालेका उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  ११ : ५६ बजे