१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गुल्मीको मुसिकोट नगरपालिकाको प्रमुखमा एमालेका खरेल निर्वाचित



बुटवल ।

नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एसका सचिव रामकुमारी झाँक्रीको क्षेत्रमा रहेको गुल्मीको मुसिकोट नगरपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदार विजयी भएका छन् ।

सत्तारुढ दलको बलियो गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा एमालेका जीबलाल खरेल ९जीवन० ७ हजार ३ सय ९९ मत ल्याएर विजयी भएका हुन् । त्यसैगरी उपप्रमुखमा एमालेका गंगा श्रेष्ठ ७ हजार ११ मत ल्याएर विजयी भएकी छन् । नगरप्रमुखमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनारायण सापकोटाले ६ हजार ६ सय ६ मत ल्याए भने उपप्रमुख एकीकृत सामाजवादीका श्रीराम महत ६ हजार ३ सय २३ मत ल्याएका छन् ।

नगरमा रहेका रहेका ९ वटा वडाहरुमध्ये ५ नेकपा एमाले ४ वटा कांग्रेस जितेको छ । एमाले सचिव विष्ट र नेकपा एस सचिव झाँक्री आफ्ना उम्मेदारलाई जिताउन निकै मेहनतका साथ मुसिकोटमा लागेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९ मंगलबार ००:००  १ : ०१ बजे