१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

रूपन्देहीको शुद्धोधनमा एमालेलाई हराउँदै कांग्रेसका बस्याल विजयी



बुटवल ।
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका बिष्णुप्रसाद बस्याल विजयी भएका छन्।

नेकपा एमालेका किशुन चन्द्र चौधरीलाई हराउँदै बस्याल विजयी भएका हुन्।

चौधरी यसअघिका गाउँपालिका अध्यक्ष समेत हुन्।

बस्यालले ७ हजार ९ सय ८३ मत ल्याई विजयी हुँदा चौधरीले ६ हजार २ सय ७० मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा भने नेकपा एमालेकी शान्तादेवी ज्ञवाली विजयी भएकी छन्।

यसअघिकी समेत उपाध्यक्ष रहेकी ज्ञवालीले ६ हजार ६ सय ८२ मत ल्याई विजयी हुँदा गठबन्धनतर्फ माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २ सय ५५ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति : ४ जेष्ठ २०७९ बुधबार ००:००  ८ : ३१ बजे