७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको फराकिलो अग्रता



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मतगणना जारी छ । ९ वडाको चुनावी नतिजा सार्वजनिक भइसकेको कृष्णनगरमा अहिले वडा नं. १० को मतगणना जारी छ ।

१२ वडा रहेको कृष्णनगरमा अब वडा नं. ११ र वडा नं. १२ मा मात्र मत गणना हुन बाँकी छ ।

हालसम्म विहीबार साँझ ६ बजे सार्वजनिक भएको मतगणना अनुसार कृष्णनगरमा नेपाली कांग्रेसका उम्मेद्वार रजत प्रताप शाह ४ हजार ५ सय ४ मतका साथ अगाडी देखिनुभएको छ ।

राप्रपाका उम्मेद्वार दिपक रजौरियालाई पछि पार्दै शाहले आफ्नो अग्रता बढाउँदै लग्नुभएको छ । राप्रपाका रजौरियाले ३ हजार ४ सय ४२ मतका साथ शाहलाई पछ्याइरहनुभएको छ । यहाँ शाह र रजौरिया बीचको मतान्तर १ हजार ६२ छ ।

यस्तै कृष्णनगरमा माओवादी केन्द्रका जावेद खाँले २ हजार ८ सय ६४ मत पाउनुभएको छ । तेस्रो स्थानमा देखिनुभएका खाँ एमालेका कुणाल प्रताप शाह भन्दा ९२ मतका साथ अगाडी हुनुहुन्छ । एमालेका शाहले २ हजार ७ सय ७२ मत पाउनुभएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९ बिहिबार ००:००  ६ : २४ बजे