७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बुटवलको मेयरमा गठबन्धन, उपमेयरमा एमाले अगाडि



रुपन्देही ।
पालिका चुनाव अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता कायमै छ । कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले पाँच हजार चार सय ८३ मतको अग्रता लिइरहनुभएको छ ।

पाण्डेयले २० हजार एक सय ९० मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले १४ हजार सात सय सात मत प्राप्त गर्नुभएको छ । यस्तै राप्रपाका मृगेन्द्रकुमार शेरचनले तीन हजार एक सय ६८ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा भने एमालेकी सावित्रा देवी अर्यालले अग्रता लिइरहनुभएको छ । उहाँले अहिलेसम्म १६ हजार ८८ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरुङले ११ हजार ६ सय २०मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९ बिहिबार ००:००  ८ : ०० बजे