११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

कपिलवस्तुको बाणगंगामा एमालेको विजयोत्सव



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चक्रपाणी अर्याल र नगर उपप्रमुख रिता थारु सहितको विजय र्‍यालीले बाणगंगा नगरपालिकाका सबै वडा परिक्रमा गरेको छ ।

विजय र्‍यालीले बाणगंगा नगरका सवै वडाहरुको परिक्रमा गरेको एमाले बाणगंगा निर्वाचन परिचालन कमिटीका संयोजक एवम् जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनुभयो । र्‍यालीलाई स्थानीयबासीले फुल, माला, अविरबाट स्वागत गरेको थियो ।

र्‍यालीमा नेकपा (एमाले) का पोटिलब्यूरो सदस्य बिमला घिमिरे, एमाले कृषि तथा पशुपक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, एमाले केन्द्रिय सदस्य एवम् कपिलवस्तु ईन्चार्ज बलराम अधिकारी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, लगायतका नेता, कार्यकर्ता, नवनिर्वाचित जनप्रतिनिधी, शुभेच्छुक एवम् स्थानीयबासीको उत्साहपर्दक उपस्थिती रहेको एमाले बाणगंगाका नगर इन्चार्ज शंकर पाण्डेले जानकारी दिनु भयो ।

यसैवीच बाणगंगा नगरपालिका वडा नं. ७ ले विजय पनि विजय र्‍याली निकालेको नेकपा एमाले वडा नं. ७ का अध्यक्ष प्रताप कुमार गिरीले बताउनु भयो । वडा नं. ७ का नव निर्वाचित अध्यक्ष विष्णु गिरी वडा सदस्यहरु मुम बहादुर पाण्डे, हरिशंकर पौडेल, सावित्रा थारु, पार्वती सुनार सहितको र्‍यालीले वडाका सबै टोल बस्तीको परिक्रमा गरेको थियो ।

विजय र्‍यालीमा एमाले नेताहरु टोप बहादुर थापा, भिम थापा, रविन्द्र पौडेल, कुशल पौडेल, लगायतका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् स्थानियबासीको उत्साहजनक उपस्थिती रहेको एमाले वडा नं. ७ ले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ७ : २५ बजे