१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

शुद्धोधनको मेयरमा जसपाका निशार र उपाध्यक्षमा माओवादीका लालाको अग्रता



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको मत गणना जारी छ । ६ वडा रहेको शुद्धोधन गाउँपालिकामा तीन वडाको मतगणना सकिएको छ भने, हाल दुई वडाको मत गणना जारी छ ।

शुक्रबार विहान ९ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार पालिकाको अध्यक्षमा जसपाका निसार अहमद खाँले अग्रता लिइरहेका छन् । खाँले हालसम्म २ हजार ८ सय ५९ मत पाएका छन् । उनलाई लोसपाका कमलेश शरण चौधरीले २ हजार ३ सय १४ मतका साथ पछ्याइरहेका छन् ।

उपाध्यक्ष तर्फ नेकपा (माओवादी केन्द्र)का होमप्रकाश चौधरी (लाला) फराकिलो मतान्तरले अगाडी देखिएका छन् । चौधरीले ३ हजार ३ सय ६० मत प्राप्त गरेका छन् । उनी भन्दा नेपाली कांग्रेसकी सुधादेवी पाण्डेय १ हजार ८ सय ५ मतका साथ पछाडी छिन् ।

शुद्धोधनका तीन वडा मध्ये वडा नं. १ मा कांग्रेसका तिलकराम यादव, वडा नं. ४ मा कांग्रेसकै नरेश अहिर वडाध्यक्षमा निर्वाचित भएका छन्, भने वडा नं. २ मा जसपाका मनोज यादवले वडाध्यक्ष जितेका छन् ।

अहिले गणना भएको वडा नं. ३ मा माअ‍ोवादी केन्द्रका महिमुद्दिन मुसलमानले अग्रता लिइरहेका छन् ।

वडा नं. ५ मा कांग्रेसका आशुतोष कुमार सिंह अगाडी छन् । वडा नं. ६ को मतगणना बाँकी छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ९ : ५१ बजे