१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

दाङको तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका गिरीको अग्रता



दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका गेहेन्द्र गिरी १ सय ११ मतले अगाडि हुनुहुन्छ ।

ताजा मत परिणाम अनुसार गिरीले ७ हजार ९ सय ९९ मत पाउनु भएको छ । नेकपा एमालेका टीकाराम खड्काले भने ७ हजार ८ सय ८८ मत पाउनु भएको छ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका जोगबहादुर राणाले ६ हजार १ सय ८९ मत प्राप्त गर्नुभएको छ भने एमालेकी स्यानी चौधरीले ७ हजार ३ सय २३ मत पाउनु भएको छ ।

अहिलेसम्म तुलसीपुरमा १९ हजार ३ सय ५४ मत गणना भइसकेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  ११ : ५३ बजे