८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी



बाँके ।

बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेसका छब्बन खाँ ६ हजार ६ सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हिमांशु यादवले चार हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टीका राजिवकुमार कुर्मीले दुई हजार नौ सय ३८ मत प्राप्त गर्नुभयो ।

खाँ २०७४ सालमा भएको पालिका चुनावमा नेकपा एमालेका राम निवास यादवसँग ७४ मतले पराजित हुनुभएको थियो ।

यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी रामप्यारी यादव ६ हजार नौ सय नौ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्की एमालेकी भूमिसरा धितालले तीन हजार चार सय ५६ र नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले दुई हजार दुई सय २९ मत पाउनुभएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  २ : ०३ बजे