२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता कायमै



दाङ ।

तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ। उपमहानगरको प्रमुखमा एमालेका टिकाराम खड्काले २० हजार ८ सय ९४ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

यसैगरी गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ४० मत प्राप्त गरेका छन्। यसैगरि उपप्रमुखमा एमालेकै स्यानी चौधरीले २० हजार ३ सय ११ मत प्राप्त गर्दै अग्रता लिएकी छिन् भने गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले १४ हजार २३ मत प्राप्त गरेका छन्। यहाँ मतगणना जारी छ।

जिल्लाकै घोराही उपमहानगरपालिकामा भने नेकपा एमाले प्रमुख र उपप्रमुखमा विजयी भैसकेको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९ सोमबार ००:००  १२ : ४६ बजे