१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

रजत प्रताप शाहले सम्हाले कृष्णनगरमा नगर प्रमुखको जिम्मेवारी



मायादेवी अनलाइन, कृष्णनगर ।
पुनः दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका रजत प्रताप शाहले पदभार सम्हालेमा छन् ।

सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रमबाट शाहले आफ्नो पदभार ग्रहण गरेका हुन् । उनको स्वागतमा नगरका कर्मचारीले कार्यक्रम राखेका थिए ।

नगर प्रमुख शाहले शुक्रबार नै कपिलवस्तुका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश तेजेन्द्र प्रसाद शर्माबाट शपथ खाएका थिए ।

गएको ०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेद्वार भएर चुनाव जितेका शाह यो पालि भने नेपाली कांग्रेसबाट विजयी भएका हुन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक रजौरियालाई पराजित गरेका हुन् । शाहले ५ हजार ६ सय ६ मत ल्याए भने, रजौरियाले ४ हजार १ सय १२ मत ल्याएर पराजित भए ।

नगर उप प्रमुखमा पनि कांग्रेसबाटै आरतीदेवी चौधरी विजयी भएकी छिन् । चौधरीले ५ हजार ६ सय ९१ ल्याउँदा उनकी प्रतिस्पर्धी जसपाकी आरती सिंह यादवको मत ३ हजार २ सय ८२ थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९ सोमबार ००:००  ३ : ४२ बजे