१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुमा चट्याङ्ग लागेर ७ वर्षीय बालकको मृत्यु



कपिलवस्तु ।

गएराती कपिलवस्तुमा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–६ पिपरी निवासी ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको हो ।

सोही ठाउँमा पानी परिरहेका बेला पिपलको रुखमुनि ओत लागेका बेला अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएका थिए । रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै चट्याङ लागेर घाइते भएका ३० वर्षीय नुर महमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९ बुधबार ००:००  २ : ३५ बजे