७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी



दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका टिकाराम खड्का र उपमेयरमा पनि एमालेकै स्यानी चौधरी विजयी हुनुभएको छ ।

मेयरमा एमालेका उम्मेदवार खड्काले ३१ हजार चार सय आठ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार सात सय १७ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा एमालेकी चौधरीले ३० हजार पाँच सय ९७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानामगरले २१ हजार ६५ मत प्राप्त गर्नुभयो । योसँगै ११ वटा उपमहानगरपालिकामध्ये सबैको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९ बुधबार ००:००  ४ : ०७ बजे