७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

शिवराज नगर कार्यपालिकाको निर्वाचनमा एमाले-कांग्रेस गठबन्धन विजयी



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा एमाले र कांग्रेस गठबन्धन विजयी भएको छ ।

आइतबार भएको कार्यपालिकाको निर्वाचनमा एमाले, कांग्रेसको गठबन्धनका उम्मेद्वार विजयी भए ।

विजयी उम्मेद्वारले समान ३८ मत प्राप्त गरेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालको संयुक्त गठबन्धनले समान १९ मत प्राप्त गरेको छ ।

नगर नगर कार्यपालिकाको सदस्यमा नेकपा एमालेको तर्फबाट खगी सुनार, गंगा घर्ती मगर, बुद्धिकला भण्डारी र प्रेम सुनार विजयी भएका छन् ।

त्यसैगरि नेपाली कांग्रेसको तर्फबाट सन्त बहादुर धोवी, सिमरन बिक, बिष्णु कुँवर पाण्डे र हेवन्चली चमार विजयी भएका छन् ।

अब शिवराजको नगर कार्यपालिका सदस्यको संख्या २१ सदस्यीय भएको छ ।

शिवराजमा नगर प्रमुख राप्रपाका अजय थापा निर्वाचित भएका थिए । राप्रपाका अन्य कुनै पनि सदस्य नगर कार्यपालिकाका छैनन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ५ : ०० बजे