१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलवस्तुका ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न, कहाँ कस्को बहुमत ?



कपिलवस्तु ।
कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएका छन् । गत वैशाख ३० को निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो । कपिलवस्तु, बाणगंगा, शिवराज र कृष्णनगर नगरपालिका तथा यशोधरा, विजयनगर गाउँपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न भएको हो ।

कपिलवस्तु नगरपालिकामा कांग्रेस र जसपा गठबन्धन विजयी भएका छन् । कपिलवस्तु नगपालिका नगर कार्यपालिका निर्वाचनमा कांग्रेसबाट रामदास चमार, प्रेमा कोरी, चन्दा कुर्मी, प्रभावती यादव, तथा जसपाबाट गंगेश बर्मा, गोविन्द कहार, मान्ति कहाइन र बिन्दु थारु निर्वाचित भएका हुन् ।

कपिलवस्तुको बाणगंगा नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमाले उम्मेदवार बनाएका ५ जना महिला र ३ जना दलित सदस्य गरी ८ जनाको प्यानलै विजयी भएको हो ।

महिला तर्फ केशरा गुरुङ, चन्द्रावती थारु, दानु घर्ती, शान्ता पाण्डे, शारदा परियार तथा दलित तर्फबाट कृष्णकुमार सुनार, दिल बहादुर सुनार, पिताम्बर बिक निर्वाचित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा एमाले र कांग्रेस गठबन्धन विजयी भएको छ ।

कार्यपालिकाको निर्वाचनमा एमाले, कांग्रेसको गठबन्धनले ३८ मत प्राप्त गरी विजयी भएको छ भने, लोकतान्त्रिक समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालको गठबन्धनले १९ मत प्राप्त गरेको छ ।

नेकपा एमालेको तर्फबाट खगी सुनार, गंगा घर्ती मगर, बुद्धिकला भण्डारी र प्रेम सुनार त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका सन्तबहादुर धोबी, सिमरन बिक, बिष्णु कुँवर पाण्डे र हेवन्चली चमार विजयी भएका छन् ।

उता कृष्णनगरमा महिला सदस्यमा एमालेकी ज्योति कोरी, कांग्रेसकी विद्यावती कोहार, कांग्रेसकी सोमना पासी, जसपाकी इन्द्रावती भर तथा पुरुष तर्फ कांग्रेसका रामलाल बढई, जसपाका रामकिशोर बढई र बहुजन शक्ति पार्टीका गौरी शंकर हरिजन निर्वाचित भएका छन् ।

यशोधरा गाउँ कार्यपालिकामा एमालेका प्यानल विजयी भएका छन् । खुल्ला तर्फ बिजयी भएका छन् । विजयी हुनेहरुमा राम अचल कोरी, राम किशोर बरई, महिला सदस्य तर्फ अनरावती लोध, केवलपाती पासीन, गुजराती कलवारीन, लक्ष्मी देवी चमार विजयी भएका छन् ।

विजयनगर गाउँपालिकामा एमाले प्यानलै विजयी भएका छन् । खुला तर्फ टंकबहादुर सुनार र मुजीबुर रहमान तथा महिलातर्फ दमन्ती सरा राना, रुन्नती देवी पाण्डेय, बलीमाया बिक र मीना बिक निर्वाचित भएका छन् ।

बाँकी रहेको बुद्धभूमि र महाराजगंज नगरपालिका तथा मायादेवी र शुद्धोधन गाउँपालिकाको निर्वाचन पनि एक हप्ता भित्रै सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ७ : २४ बजे