५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

स्थानिय युवा र विजयनगर गाउँपालिकाको सहकार्यमा सवाल जवाफ कार्यक्रम



कपिलवस्तु ।

कपिलवस्तुको विजयनगरमा स्थानिय युवा र विजयनगर गाउँपालिकाको सहकार्यमा सवाल जवाफ संगै युवा रोजगारका बिषयमा छलफल भएको छ ।

पारस्पारिक जवाफदेहिता परियोजना अन्तगर्त सञ्चालित दायित्व नेपाल जनप्रशासन फेलोसिप २०२२ को बिशेष कार्यक्रम अन्तरगर्त पालिक अध्यक्ष ,उपाध्यक्षका बिचमा युवाहरुले छलफल कार्यक्रम सञ्चालन गरेका हुन । विजयनगरका युवाहरुको सहकार्य समन्वयमा भएको कार्यक्रममा उपस्थित ३० भन्दा बढि युवाहरुले गाउपालिकाले विगतमा युवाहरुका लागि गरेका काम, छु्टयाएको बजेट, सार्वजानिक कार्यक्रममा युवाको सहभागिता, बिदेशबाट फर्किएका र कृषिमा आवाद्ध युवाहरुका लागि भएका काम र भइरहेका काम, हरेक वडामा खेल मैदान निर्माण कहिलेसम्म, माध्यमिक तह सम्म निशुल्क शिक्षा हुने कि नहुने, विजयनगरमा उच्च शिक्षाका लागि विद्यालयको आवश्यकता लगााएतका प्रश्नहरु गरेका थिए ।

युवाहरुले उठाएका सवालहरुको जवाफ दिदै विजयनगर गाउँपालिकाको अध्यक्ष गोपाल बहादुर थापाले युवा सञ्जालको गठन गरि सबैलाई एकजुट बनाई यसबर्ष योजना र बजेट बिनियोजन गरिने बताउनुभएको छ । बेराजगार युवाहरु र कृषिमा जोडिएका युवाहरुलाई अनुदान दिदै यस बर्ष स्वारोजगार हुने खालका बिशेष कार्यक्रम र बजेट बिनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै उच्च शिक्षाको लागि बाहिरी पालिकामा जाने बाध्यतालाई पनि हटाउन सक्दो प्रयास रहने उहाको भनाई छ । विगतका बर्षमा युवाहरुको खेल क्षेत्रमा केही लगानी गरेको भन्दै राम्रा प्रतिभा भएका युवा खेलाडीहरुलाई अघि बढाउन सक्दो प्रयास गर्ने बताउनुभएको छ । यस्तै विजयनगर गाउँपालिकाको हरेक वडामा खेल मैदान बनाई खेलाडि उत्पादन गरी राष्ट्रिय खेलाडि उत्पादन गर्ने पनी अध्यक्ष थापले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष लक्ष्मि कुमारी थारुले पालिका भित्र भइरहेको बाल श्रम अन्त्य गरी बाल उद्दार कोष निर्माण गर्ने र महिला हिंसा अन्त्य गरी महिला उद्दार कोष निर्माण गर्ने बताउनुभयो । यस्तै युवती किशोरीहरुलाई पनि जोड्दै सञ्जाल जुटेर सहकार्य गर्न आफु तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बिजयगर गाउपालिका वडा नं ५ का वडाअध्यक्ष अनवर मो.मुसलवान, भैसी स्रोत केन्द्र कार्यक्रमका सामाजिक परिचालक जय प्रकाश यादवको आतिथ्यता रहेको थियो । युवा समूहका सदस्य रक्षा पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा युवा समूहका सदस्य सरोज थापाको अध्यक्षता रहेको थियो ।

कार्यक्रमको सन्चालन दायित्व नेपाल जनप्रशासन फेलो विकाश थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९ बिहिबार ००:००  ७ : ०८ बजे