५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनद्धारा टंक रेग्मीलाई सहयोग



मायादेवी अनलाइन, बाणगंगा ।
ब्रेन ट्युमर रोगले ग्रसित टंक रेग्मीलाई रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनले आर्थिक सहयोग गरेको छ ।

टंक प्रसाद रेग्मी बचाउ अभियान मार्फत रोटरीले आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष माधवभाट क्षेत्री, संस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, पूर्व अध्यक्षहरु बासुदेव घिमिरे, बिरेन्द्र खाँण, नरेश पौडेल रोटरी सदस्यहरु लगायतले संयुक्त रुपमा रेग्मीका श्रीमती माया रेग्मीलाई ३० हजार ९ सय १० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका अध्यक्ष माधव भाट क्षेत्रीले रोटरीले शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरण र एक मानवलाई अफ्ठ्यारो पर्दा सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।

क्लबका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले मानवीय तथा सामाजिक क्षेत्रमा रोटरी क्रियाशिल हुदै निरन्तर काम गर्दै आईरहेको बताउँदै अन्य क्षेत्रमा क्रियाशिल व्यक्ति, संघसंस्थालाई रेग्मीको उपचारका लागी आर्थिक गरि मानवीय कार्यमा सरिक हुन आग्रह गरे । सहयोग कार्यक्रमका हेमन्त थापाले रोटरीका सदस्य मनहरुको सहयोगले आफूहरुले सानो सहयोग गर्न सम्भव भएको बताए ।

रेग्मीको ब्रेन ट्युमर रोगको ७ बर्ष अघि अपरेशन गरिएकोमा पुनः अपरेशन गर्नुपर्ने भएकाले परिवारले केही आर्थिक सहयोगको लागी अपिल गरेको थियो । औषधि उपचारकै क्रममा निजको सबै नगद तथा सम्पत्ति सकिएकाले आफु सक्दो आर्थिक सहयोग गरि जीवन रक्षाका लागी सहयोग गर्न परिवार जनले अपिल गरेका छन् ।

रेग्मीको काठमाडौं स्थित अन्नपुर्ण न्युरो हस्पिटलमा उपचार भईरहेको छ । आफन्त, छिमेकी र गाउँलेहरु उपचारका लागि आर्थिक रकम जुटाउन क्रियाशील छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९ शनिबार ००:००  ८ : ४० बजे