५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आइतबारे सावर्जनिक बिदा बाणगंगाले मानेन्, शिवराजमा विद्यालय खुल्ने



मायादेवी अनलाइन, बाणगंगा ।
सरकारले जेष्ठ १ गते देखि दिन थालेको आइतबारको सावर्जनिक विदा कार्यान्वयनमा चुनौती देखिएको छ ।

कपिलवस्तुका स्थानीय तहले आइतबारको विदा नगर्ने निर्णय गर्न थाले पछि जिल्लामा कार्यान्वयन चुनौती देखिएको हो ।

जिल्लाका बाणगंगा र शिवराज नगरपालिकाले आइतबारको सावर्जनिक विदा नगर्ने गरि निर्णय गरेका छन् ।

बाणगंगा नगरपालिकाले आइतवार सार्वजनिक विदा नदिने निर्णय नै गरेको छ । नगर कार्यपालिकाको बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले आइतवार सार्वजनिक विदा नदिने र बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरु खोल्न निर्देशन दिएका हुन् ।

आर्थिक मसान्त तथा विद्यालयमा हुने पठनपाठनलाई मध्यनजर गरेर पहिलो चरणमा असार मसान्तसम्म आइतवार पनि कार्यालयहरु सञ्चालन गर्न लागिएको मेयर अर्याल बताउँछन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विद्यालयबाट प्रदान गरिने सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएको बताए ।

यता शिवराज नगरपालिकाले भने आइतबार सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने जनाएको छ ।

प्रशासनिक कामबारे कुनै निर्णय नगरेको शिवराजले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले शैक्षिक क्षेत्रमा दुविधा देखिएको भन्दै अर्को व्यवस्था नहुँदासम्म एकरुपता कायम गर्न आइतवार पनि विद्यालय संचालन गर्न लागेको जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९ शनिबार ००:००  ९ : ०२ बजे