२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अवैध उत्खनन गरेको आरोपमा ट्याक्टरसहित एकजना नियन्त्रणमा



कपिलवस्तु ।

कपिलवस्तु नगरपालिका–६ रुधौला खाटस्थित वन क्षेत्रमा अवैध उत्खनन गरेको आरोपमा ट्याक्टरसहित एकजना पक्राउ परेका छन् ।

वन क्षेत्रमा पर्ने नदीको डीलबाट उत्खनन गरी लु ३ त ८३९७ नम्बरको ट्याक्टरमा बालुवा लोड गरेको अवस्थामा नगरपालिका–६ समेरीका शिवकुमार यादव पक्राउ परेका हुन् ।

सव डिभिजन कार्यालय चेत्रादेईबाट खटिएका वन कर्मचारीहरुले पक्राउ गरेको ट्याक्टरसहित मानिस अहिले डिभिजन वन कार्यालय कपिलवस्तुमा राखिएको छ।

वन क्षेत्रमा अवैध उत्खनन भएको गुनासो आएपछि यस्तो छड्के निरीक्षण गर्दा यस्तो भेटिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन सन्डील्यले बताए । पक्राउ गरेका यादवविरुद्ध वन ऐन अनुसार कारबाही प्रकृयाअघि बढाइएको उनले बताए ।

कपिलवस्तु, बाणगंगा, बुद्धभुमी, शिवराज नगरपालिका र बिजयनगर गाउँपालिकाका ठेक्का लागेको र नलागेको खोला नालाहरुमा अहिले चरम दोहन भईरहेको स्थानीय बताउँछन्।

ठेक्का यही जेठ मसान्तभित्र सकिने भएकाले ठेकेदारहरु अहिले दिनरात नै नदीमा तोकिएको मापदन्ड विपरित नदीमा दोहन गरेर निकासी गर्ने गरेका छन् । सरोकारवाला निकाय मौन हुँदा अहिले नदीमा दोहन झनै बढेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९ सोमबार ००:००  ६ : ३५ बजे