७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

दाङमा लोहोरो प्रहार गरी श्रीमानको हत्या



दाङ ।

दाङको घोराही उपमहानगरपालिकामा लोहोरो प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । अचार पिस्ने लोहोरो प्रहार गरी घोराही १४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पंकज गुप्ताको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको ज्यान लिएको उनले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

‘श्रीमान्–श्रीमातीकाबीच पटक–पटक झगडा हुने गरेको रहेछ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भन्नुभयो, ‘त्यही क्रममा सोमवार बिहान विवादका क्रममा श्रीमतीले लोहोरोले प्रहार गर्दा श्रीमानको ज्यान गएको रहेछ ।’ प्रहरीका अनुसार उनीहरू घरझगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९ मंगलबार ००:००  ६ : ०० बजे