२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कपिलवस्तुमा घर पुराइदिने बहानामा करणीको प्रयास



विजयनगर ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–२ कि २३ वर्षीया युवतीलाई जबरजस्ती करणीको प्रयास भएको छ । जेठ २० गते शिवराज नगरपालिका–३ मा रहेको आफ्नो मामाघरबाट फर्किने क्रममा शिवराज नगरपालिका–२ मद्रहवाका ओम प्रकाश चौधरीले घर पुराइदिने बाहनामा बलात्कारको प्रयास गरेको पिडितले आरोप लगाएकी छिन्।

घटनाको दिन पीडित मामाघरबाट फर्कने क्रममा चन्द्रौटा बजार गई किनमेल गरी फर्कदा कुनै सवारी साधन नपाएपछि राति करिब ८ बजे आरोपी चौधरीको टिप्परमा बसी मद्रहवासम्म आएको र त्यहाँबाट सोहि व्यक्तिले आफ्नो बाइकमा घरमा पुराइदिन्छु भनी विजयनगर गाउँपालिकाको त्रिपालनगरबाट जर्लैया जाने जंगलको बाटोमा बाइक रोकी जंगलमा लगी जबरजस्ती करणी प्रयास गरेको पीडितले युवतीले बताएकी छिन्।

पीडित युवतीले इलाका प्रहरी कार्यालय गणेशपुरमा घटना सम्बन्धी जाहेरी समेत दिएकी छिन्। पीडितको उजुरी पछि आरोपीको खोज–तलास गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ। आरोपीले चलाउने टिप्पर रा १ ख ७१८ नम्बरको टिप्पर घरमै रहेको तर, आरोपी फरार रहेकोले पक्राउ पुर्जी जारी गरी खोजी कार्य गरिरहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख विजयराज तिमिल्सीनाले बताए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९ मंगलबार ००:००  ५ : १८ बजे