६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

कपिलवस्तुको पिपरामा कल्पवृक्ष सत्संग स्टुडियोको शुभारम्भ



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ स्थित पिपरामा कल्पवृक्ष सत्संग स्टुडियोको शुभारम्भ भएको छ ।

पूर्वीय सभ्यताको वैज्ञानिक व्याख्या गर्दै मानिसहरुलाई सुसूचित गर्ने उद्धेश्यका साथ यस क्षेत्रका योगाचार्य कमल पौडेल र शिक्षक नवराज घिमिरे लगायतको लगानीमा सत्संग स्टुडियोको शुभारम्भ गरिएको हो ।

मंगलबार अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर स्वामी लोकानन्द महाराज र बाणगंगा नगरपालिकाकी उप-प्रमुख रिता थारुले सत्संग स्टुडियोको शुभारम्भ गर्नुभएको थियो ।

लामो समय देखि योगका विषयमा अध्ययन, अनुसन्धान गर्दै आउनुभएका योगाचार्य पौडेलले यस क्षेत्रमा योगलाई अगाडी बढाउने गरि कार्यको थालनी गर्नुभएको हो ।

योग गरौं, निरोगी बनौं भन्ने मान्यता बमोजिम कल्पवृक्ष स्टुडियोमा अब देखि दैनिक योग सञ्चालन हुने छ । योगसंगै धार्मिक क्रियाकलाप, धार्मिक गीत संगीतबाट आम जनतालाई सेवा दिने लगानीकर्ताको भनाई छ ।

कल्पवृक्ष सत्संग स्टुडियोमा दैनिक योग तथा ध्यानका कक्षा, शिक्षकलाई प्रभावशाली शिक्षण विधि, विद्यार्थीहरुका लागि स्मरण क्षमता अभिवृद्धि, संघ संस्थामा क्रियाशिल कर्मचारीहरुका वर्कप्लेस-वेलनेस ट्रेनिङ, योगाचार्यका लागि प्रशिक्षण लगायत हुने योगाचार्य पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार बुटवल बाहेक अन्य क्षेत्रमा यस्तो प्रकारको स्टुडियो छैन् । अत्यात्म सम्बन्धि सत्संगको कमी भएकाले त्यसलाई परिपूर्ती गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  ७ : ०६ बजे