१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बिद्यार्थी बनाउन अभिभावकको भूमिका महत्वपूर्ण भन्दै हिलबर्टले दियो प्रशिक्षण



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका २ मा अवस्थित हिलबर्ट इंग्लिस बोर्डिङ स्कूल पिपरामा अभिभावक अभिप्रेणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिका प्रति अभिभावकको दायित्व, जिम्मेवारी र तिनीहरुको लालनपालनमा अभिभावकले ध्यान दिनुपर्ने कुराहरुलाई अभिप्रेणात्मक प्रशिक्षणको माध्यमबाट जानकारी प्रदान गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले अहिलेका बालवालिकाहरुलाई असल संस्कार सिकाउनु भनेको आउँदो पुस्ताको असल चरित्र निर्माण गर्नु पनि रहेको बताउनु भयो ।

समाज परिवर्तनका लागि विद्यालयको महत्वपुर्ण भुमिका रहने बताउँदै विकास निमार्ण देखि आमुल परिवतन गर्ने शौक्षिक संस्थालाई अझै अगाडी र व्यवस्थित बनाउन वडाबाट सधै साथ सहयोग हुने विश्वास व्यक्त गर्नु भयो ।

यस्तै उहाँले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रममा बाणगंगा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकताका राख्ने बताउनु भयो ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालले हिलबर्टले शैक्षिक सत्र २०७९ लाई शैक्षिक सुधारको बर्षको रुपमा मनाउने बताउनुभयो । उहाँले बिध्यालयको शैक्षिक कार्यतालिका अनुसार अगाडी बढ्दै विद्यार्थीहरुको चौतर्फी बिकासमा लगनशिल भएर लाग्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै बिध्यालयका सह-प्राचार्य कुशल पाण्डे कुनै घर परिवारमा संस्कार छैन भने त्यसको प्रभाब बालबालिकामा पनी पर्ने भएकाले यसप्रति अभिभावक गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै आफ्ना अभिभावकहरुसँग स्वयम् बालबालिका दृढ र विश्वस्त हुनुपर्ने वातावरण पनि अभिभावक स्वयमले निर्माण गर्नुपर्ने बताउनु भयो ।

अभिभावक अभिप्रेणात्मक कार्यक्रमका प्रशिक्षक अन्तर्राष्ट्रिय मोटीभेसनल स्पिकर तथा त्रिभुवन बिश्वविद्यालयका प्रोफेसर बि के शर्माले प्रभावकारी अभिभावक कसरी बन्न सकिन्छ भन्ने मुख्य बिषयमा प्रशिक्षण दिँदै बालबालिकाको लागि घर सबैभन्दा पहिलो र असल पाठशाला भएको बताउनुभयो ।

त्यसैले बालबालिकाको व्यक्तिगत विकासमा घर परिवारले राम्रो वातावरण, संस्कार, सभ्यता, बोलीचाली, आचरणसहित अनुशासन सिकाउनु पर्नेमा जोड दिनुभयो ।

बालबालिकालाई जीवनमा सफल हुने खालका सिर्जनशिल, जीवन उपयोगी, परिश्रमी, प्रतिस्पर्धी र योग्य नागरिक बनाउनका लागि अभिभावकसंगै शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

विद्यालय भन्दा ३ गुना बालबच्चाले घरमा समय विताउने भएकाले बच्चाको असल भविष्यसहितको वातावरण परिवारमा हुनुपर्ने बताउनु भयो ।

आमाको गर्भमा ९ महिना बच्चा रहदा पोसिलो खाना, स्वास्थ खाना, खुवाउन पर्ने बताउदै आमा खुसि भए गर्भको बच्चा पनि खुसि हुने बताउनु भयो ।

एकेडेमिक डाइरेक्टर तेज प्रसाद आचार्यको सञ्चालमा सम्पन्न कार्यक्रममा विद्यायका प्रबन्ध निदेर्शक बुद्धि पौडेल, अभिभावक र शिक्षक तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षणसंगै विभिन्न किसिमका नाचगान पनि भएका थिए ।

प्रकाशित मिति : ८ असार २०७९ बुधबार ००:००  ६ : ३० बजे