१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ८ जना घाइते



कपिलवस्तु ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा शनिबार बिहानै बस दुर्घटना भएको छ। काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएका छन् ।

बिहान करिब ६ बजेको समयमा ना८ख १३६ नम्बरको बस सडक छेउमा पल्टिएको हो । ४३ जना सवार उक्त बस तीव्र गतिका कारण आफैं अनियन्त्रित भइ दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय चन्द्रोटाले जनाएको छ । रासस

प्रकाशित मिति : ११ असार २०७९ शनिबार ००:००  ११ : ५० बजे