१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक



तौलिहवा ।

जिल्लाको कपिलबस्तु नगरपालिकाले आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको छ । १२ औँ नगरसभाबाट आगामी आर्थिक बर्षको नीतितथा कार्यक्रम सर्व सम्मतले पारित भएको नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो ।

आगामी आर्थिक बर्षबाट नगर भित्रका आर्थिक सहयता, छात्रबृतिहरुमा लाग्ने सिफारिस शुल्क, निःशुल्क हुने नगर प्रमुख पौडेलले बताउनुभयो ।

स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन, कृषि, सामाजिक, सहरी, तथा समग्र विकासलाई प्राथमिकता दिदै निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको उहाँले बताउनुभयो ।

पञ्जीकरण संग सम्बन्धित सबै सिफारिसमा लाग्ने दस्तुर केन्द्रिय कानुन बमोजिम नै रहने प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । नगर उप प्रमुख सुनिता गुप्ताले आर्थिक विधेयक २०७९ प्रस्तुत गर्नु भएको हो ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ असार २०७९ शनिबार ००:००  ५ : ५१ बजे