१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुका १८ जना उद्योगीलाई प्रबिधि हस्तान्तरण



कपिलवस्तु ।

लघु र साना उद्यामीको प्रबद्र्धनका लागि कपिलवस्तुका १८ जना उद्योगीलाई प्रबिधि हस्तान्तरण गरिएको छ । सुरक्षित समाबेशी बिद्युतीय कारोवार उपभोक्ताको अधिकार भन्ने नारा सहीत घरेल् तथा साना उद्योग कार्यालयले प्रबिधि हस्तान्तरण कार्यक्रममा उनीहरुलाई बिभिन्न मेशीनरी सामाग्री प्रदान गरिएका हो ।

८० प्रतिशत घरेलु तथा साना उद्योग कार्यालय र २० प्रतिशत लाभग्राहीको लगानीमा उनीहरुलाई सो सामाग्री हस्तान्तरण गरिएको हो । ७ वटा ५ हर्स पावरको पम्पसेट, २ वटा हाते ट्याक्टर पानी तान्ने मोटर एक वटा २ वटा ईलेक्ट्रिक चापाकटर, ४ वटा जुके सिलाइ मेशीन हस्तान्तरण गरिएको हो । सो अवसरमा जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेलले साना उद्यमीलाई प्रोत्साहीत गर्न उपलब्ध गराइएको यो प्रबिधिले आय आर्जनमा मद्दत गर्ने बताए ।

उनले प्राप्त सामाग्रीको सही सदुपपयोग गरी अन्य साना उद्यमीहरुलाई समेत प्रेरणा मिल्ने गरी कार्य गर्नुपर्ने बताए । सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्यालले घरेल् तथा साना उद्योगलाई बढावा दिन साना उद्योगीहरुलाई कार्यक्रम मार्फत सो सामाग्री उपलब्ध गराइएको बताए ।

उनले लाभग्राहीले सो सामाग्रीको सही सदुपयोग गरी आफनो उद्योगधन्दालाई बढाउदै लानु पर्ने बताए । घरेल् तथा साना उद्योग महासंघ कपिलवस्तुकी अध्यक्ष फुल कुमारी श्रेष्ठले सरकारले घरेलु् तथा साना उद्योगलाई प्रोत्साहन दिने किसिमका कार्यक्रमहरु ल्याउनु पर्ने बताईन ।

उनले लगानी र बजारीकरणका अभावले साना उद्योगहरु अहिले संकटमा परेको बताईन । कार्यक्रममा ठुलो सिलाई मेशीन पाएर खुशी भएकी बुद्धुभुमी गोरुसिंगेकी रिता श्रेष्ठले आफुले प्राप्त मेशीने सोफासेटको खोल लगायतका सामाग्रीको सिचाईमा प्रयोग गर्ने बताईन ।

२० प्रतिशत लगानीमा आफुले सो सामाग्री पाएको भन्दै अन्य साना उद्योगीहरुलाई पनि लात सहभागीतमा सामाग्रीहरु प्रदान गर्नु पर्ने बताईन । हाते ट्याक्टर पाएका बाणगंगा नगरपालिका– ९ का प्रेम नारायण पौडेलले प्राप्त सामाग्रीले आफुलाई कृषि कर्र्म गर्न सजिलो भएको बताए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बस्यालको अध्यक्षता, गोबिन्द तेलीको संचालनमा भएको कार्यक्रममा अधिकृत बिष्णु प्रसाद पोख्रेलल लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : ११ असार २०७९ शनिबार ००:००  ६ : ०१ बजे